April 24, 2024, Wednesday
२०८१ बैशाख १२, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कक्षा १२ का विद्यार्थीलाई हाल बसेको स्थानको विवरण बुझाउन परीक्षा वोर्डको आग्रह

कक्षा १२ का विद्यार्थीलाई हाल बसेको स्थानको विवरण बुझाउन परीक्षा वोर्डको आग्रह

काठमाडाैं-कक्षा १२ को परीक्षा स्थगित भएको ५ महिना बितेसँगै राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीहरु हाल बसेको स्थानको विवरण उपलब्ध गराउन सम्बन्धित विद्यालयहरुलाई आग्रह गरेको हो।

बोर्डले जारी गरेको सूचनामा सम्पूर्ण विद्यालयलाई आफ्ना विद्यार्थी कहाँ र कुन विद्यालयको पायक पर्ने स्थानमा छन् भन्नेबारे विवरण उपलब्ध गराउन आग्रह गरेको छ। बोर्डले कक्षा १२ को फारम भरेका विद्यार्थीहरु कुन स्थानमा छन्, उनीहरु बसेको स्थानमा कक्षा ११/१२ पढाइ हुने विद्यालय कुन छ लगायतका विवरण भरेर विद्यालयले बोर्डका प्रदेश /शाखा कार्यालयहरुमा सात दिनभित्र बुझाउन सूचित गरेको हो।  

Advertisement

बैशाख १२ देखि सञ्चालन हुने भनिएको परीक्षा कोरोना महामारीका कारण स्थगित भएको  थियो। परीक्षा कहिले हुने अझै टुगों लाग्न सकेको छैन।