April 12, 2024, Friday
२०८० चैत्र ३०, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बञ्चरो प्रहार गरेर आमाको हत्या

बञ्चरो प्रहार गरेर आमाको हत्या

झापा- झापाका एक युवकले बञ्चरो प्रहार गरेर आमाको हत्या गरेका छन् ।

आइतबार राति ८ बजेतिर कमल गाउँपालिका ८ ठूलो बाह्रघरेका २४ वर्षीय दिनेश ऋषिदेवले आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertisement

रक्सी खाएर घर पुगेका उनले आमा ५० वर्षीया मीरा ऋषिदेवलाई बन्चरो र ढुङ्गाले टाउको र खुट्टामा हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले जानकारी दिए ।

घटना थाहा पाएलगत्तै इलाका प्रहरी कार्यालय दमकबाट गएको प्रहरी टोलीले हत्या अभियोगमा दिनेशलाई नियन्त्रणमा लिएको छ ।