April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सलमान खानलाई अदालतमा पेश हुन आदेश

सलमान खानलाई अदालतमा पेश हुन आदेश

भाद्र ३०, एजेन्सी । बलिउड अभिनेता सलमान खानलाई हरिण शिकार गरेको केसमा जोधपुरको अदालतमा उपस्थित हुन वकिलले आदेश दिएका छन् । राजस्थानको जोधपुर जिल्लाको अदालतले सलमानलाई २८ सेप्टेम्बरमा अदालतमा पेश हुन भनेको हो ।

सोमबार सलमानको याचिकामा कालो हरिण शिकार प्रकरण र राज्य सरकारको याचिकामा हातहतियार सम्बन्धि मुद्दाको सुनुवाई पूरा हुन नसकेपछि सलमानलाई अर्को सुनुवाईमा अदालतमा आफैं पेश हुन आदेश दिइएको हाे ।

Advertisement

अक्टोबर सन् १९९८ मा जोधपुरमा फिल्म ‘हम साथ–साथ हे’ को सुटिङको क्रममा सलमान खानमाथि जोधपुर नजिकैको कांकाणी गाउँमा दुई कालो हरिणको शिकार गरेको आरोप लागेको थियो । यो मामिलामा लामो कानूनी प्रक्रियापछि अदालतले सलमानलाई दोषी ठहर गर्दै पाँच वर्षको सजाय सुनाएको थियो ।

यद्यपि, यसका सह आरोपी सैफ अली खान, निलम, तब्बू र सोनाली बेन्द्रेलाई भने छुट दिइएको थियो । सजाय सुनाइएपछि सलमानलाई जेल पठाइएको थियो । हाल उनी जमानतमा बाहिर छन् । सलमानले ट्रायल कोर्टको यो निर्णयलाई चुनौती दिएका छन् ।