April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पर्वतमा भूकम्पले एक घर भत्कायो

पर्वतमा भूकम्पले एक घर भत्कायो

पर्वत – भूकम्पले कुश्मा नगरपालिका–१ पाङको तल्लो पाङमा एक घर भत्किएको छ। बुधवार बिहान ५ः२० बजे सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु बनाई गएको ६ रेक्टर स्केलको भूकम्पको धक्काले नारायण सुवेदीको दुई तले घर भत्किएको हो।

लगातार भइरहेको वर्षाका कारण गलेको जमिनमा भूकम्प जाँदा घरको माथिल्लो तलाको भित्ता भत्किएको र छेवैमा बाँधिएको गाईलाई पुरेको भए पनि उद्धार गरिएको सुवेदीले बताए।

Advertisement

गत आइतबार राति भएको अविरल वर्षापछि उक्त घरको पछाडि पहिरो खसेर पानी थुनिएको थियो। त्यही पहिरो र पानीका कारण कमजोर बनेको अवस्थामा भूकम्पको धक्का पर्दा घर भत्किएको हो।