May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सरकारले दियाे नयाँ नक्सासहितकाे सिक्का निष्कासन गर्न राष्ट्र बैंकलाई स्वीकृति

सरकारले दियाे नयाँ नक्सासहितकाे सिक्का निष्कासन गर्न राष्ट्र बैंकलाई स्वीकृति

भाद्र ३१, काठमाडाैं । सरकारले नयाँ नक्सा राखी एक रुपैयाँ र दुई रुपैयाँको सिक्का निष्कासन गर्न राष्ट्र बैंकलाई स्वीकृति दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ नक्सासहितको सिक्का निष्कासनको स्वीकृति दिने निर्णय गरेको हो ।

Advertisement

नयाँ नक्सा राखेर सिक्का निष्कासन गर्नका केन्द्रीय बैंकलाई स्वीकृति प्रदान गरिएको नेपाल सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । यसअघिका नोट र सिक्काहरुमा पुरानो नक्सा छन् ।

सरकारको अनुमति पाएसँगै अब लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटिएको नयाँ नक्सासहितको सिक्का निष्कासनको प्रक्रिया शुरु हुने राष्ट्र बैंकले बताएको छ ।