April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
असोज ६ गतेबाट देशैभरका नदीमा बहाव बढ्ने

असोज ६ गतेबाट देशैभरका नदीमा बहाव बढ्ने

काठमाडौं–जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले असोज ६ गते रातिबाट देशैभरका नदीमा बहाव बढ्ने जनाएको छ। बहाव बढ्ने भएकाले असोज ६ गतेदेखि ५ दिनसम्म नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

आगामी ३ दिन भने देशैभरका प्रमुख, मझौला र साना नदीमा बहाव सामान्य घटबढमात्रै हुने र सतर्कता तलै हुने जनाइएको छ। 

Advertisement

आज कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घट्ने तथा सबैमा बहाव सतर्कताभन्दा तलै हुने महाशाखाले जनाएको छ।