June 7, 2026, Sunday
२०८३ जेष्ठ २४, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
महोत्तरीमा जीप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महोत्तरीमा जीप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौं – महोत्तरीमा जीप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। 

शनिबार राति ८ बजे बर्दिवास नगरपालिका ६ मा ज १ च १८४६ नम्बरको जीप र अनटेष्ट मोटरसाइकल ठोक्किँदा  मोटरसाइकल चालक  ३२ वर्षका प्रमोद राय र पछाडि बसेका २८ वर्षका देवबहादुर खपाङ्गीको ज्यान गएको महोत्तरी  प्रहरी प्रवक्ता डीएसपी माधव बुढाथोकीले जानकारी दिए। 

Advertisement

दुवै जनालाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ। जीप चालक सोही ठाउँका २५ वर्षीय सन्तोष महतोलाई पक्राउ गरिएको बुढाथोकीले बताए।