May 14, 2024, Tuesday
२०८१ जेष्ठ १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
थप १ हजार ५ संक्रमितद्वारा स्वास्थ्यलाभ, निको हुनेको संख्या ४७ हजार २ सय ३८ पुग्यो

थप १ हजार ५ संक्रमितद्वारा स्वास्थ्यलाभ, निको हुनेको संख्या ४७ हजार २ सय ३८ पुग्यो

आश्विन ५, काठमाडौं । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ५ जना निको भएर घर फर्किएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ५ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ४७ हजार २ सय ३८ पुगेको छ । निको हुनेको यो प्रतिशतमा कुल ७२ प्रतिशत हो ।
त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १७ हजार ६ सय ११ रहेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ४ सय ३ रहेको छ । यस्तै होम आइसोलेसनमा रहनेको संख्या ८ हजार ६ सय ९० रहेको छ भने संस्थागत आइसोलेसनमा ८ हजार ९ सय २१ जना छन् ।

Advertisement

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ५ सय ३३ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल ९ लाख २३ हजार ८ सय २३ जनाको पीसीआर परीक्षण भएको छ ।