April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बौद्धबाट २१ किलो रक्तचन्दन सहित ४ जना पक्राउ

बौद्धबाट २१ किलो रक्तचन्दन सहित ४ जना पक्राउ

आश्विन ६, काठमाडौं ।  रक्तचन्दन कारोबारी गर्ने चार जनालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । गएराति अरपेशन चलाएर महाशाखाले चार जना रक्तचन्दन कारोबारीलाई पक्राउ गरेको हो ।

महाशाखाका अनुसार उनीहरूले धार्मिक काममा प्रयोग हुने डमरुभित्र लुकाएर रक्तचन्दनको कारोबार गर्ने गरेकाे खुलेकाे छ । पक्राउ पर्नेमा नुवाकोट किस्पाङ गाउँपालिका घर भएका सुनिल तामाङ, म्याजम गापा घर भएका २८ वर्षीय ओमबहादुर तामाङ, काभ्रे तिमालका २९ वर्षीय कैलाश तामाङ र सिन्धुपाल्चोक हेलम्बु घर भएका ४२ वर्षीय लाक्का लामा रहेका छन् ।

Advertisement

प्रहरीले उनीहरुबाट २१ किलो ९ सय ग्राम रक्तचन्दन बरामद गरेको छ। आठ हजार ५ सय रुपैयाँ किलोको दरले बिक्री गर्न लागेको अवस्थामा उनीहरुलाई रक्तचन्दनसहित नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ ।