April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पार्टी एकता जोगाउन चुनावचिह्नमा सम्झौता गर्नुपर्‍यो ;कमल थापा

पार्टी एकता जोगाउन चुनावचिह्नमा सम्झौता गर्नुपर्‍यो ;कमल थापा

आश्विन ६, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टी एकता जोगाउन चुनाह चिह्न परिवर्तन गर्न बाध्य भएको बताएका छन् ।

उनले हिन्दु राष्ट्रको एजेण्डा बोकेको राप्रपाको निम्ति चुनाव चिह्न गाई नै उपयुक्त हुने बताएका छन् ।

Advertisement

६ महिना पहिले एकता भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनाव चिह्न हलो राख्ने विषयमा सैद्धान्तिक सहमति जुटाएको छ । एकीकरण हुनुअघिको राप्रपा र राप्रपा संयुक्तको कार्यसम्पादन समितिको सोमबार छुट्टाछुट्टै बसेको बैठकपछि हलो चिह्नमा सहमति जुटेको हो । हलो साविक राप्रपा संयुक्तले प्रयोग गर्दै आएको चुनाव चिह्न हो ।

आज बिहान ट्वीट गर्दै राप्रपा अध्यक्ष थापाले पार्टी एकता जोगाइराख्न सम्झौता अनिवार्य भएको भन्दै यसलाई सहजरुपमा लिइदिन अपिल गरेका छन् ।

‘हिन्दुराष्ट्रको एजेण्डा बोकेको राप्रपाको निम्ति ‘गाई’ उपयुक्त चुनाव चिह्न हो । तर, पार्टी एकता जोगाउन सम्झौता अनिवार्य भयो । परिस्थितिजन्य यो वाध्यतालाई सहजरुपमा लिइदिन पार्टीका साथी र शुभचिन्तकहरुमा अपिल गर्दछु ।’

अध्यक्ष थापाले अब राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा लाग्न पनि आह्वान गरेका छन् ।