May 14, 2026, Thursday
२०८३ बैशाख ३१, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मध्यरातमा एकै परिवारका तीन जनामाथि बाम्फोक प्रहार

मध्यरातमा एकै परिवारका तीन जनामाथि बाम्फोक प्रहार

ताप्लेजुङ – ताप्लेजुङको सिरीजंघा गाउँपालिका वडा नं ८ याम्फुदिनको थिबुकमा एक युवकले एकै परिवारका तिन जनामाथि धारिलो हतियार प्रहार गरेका छन्।

उनीहरुको अवस्था गम्भीर छ।  स्थानिय २२ वर्षीय लाक्पा भोटेले आफ्नै ६० वर्षिया ठूलि आमा फुटी भोटे, ठुलो बुवाको छोरा ३६ वर्षिय पासाङ भोटे र १८ वर्षिय छिरिङ भोटेलाई मध्यराति टाउको र गर्धनमा बाम्फोक प्रहार गरेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले जानकारी दिए।

Advertisement

गम्भिर घाइते तिनै जनाको याम्फुदिन स्वास्थ्य चौकीमा उपचार भइरहेको र गम्भीर घाइते तिनै जनालाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौ लैजाने तयारी गरिएको प्रजिअ चापागाईँले बताए। सो क्षेत्रमा एम्बुलेन्स पुग्न नसक्ने भएका कारण हेलिकप्टरबाट लैजान लागिएको हो। बाम्फोक प्रहार गर्ने लाक्पा फरार रहेकाले उनको खोजीकार्य जारी रहेको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए। 

घटनास्थलमा प्रहरी चौकी याम्फुदिनका असइको नेतृत्वमा ३ जनाको टोली पुगेको र ईलाका प्रहरी चौकी तेल्लोकबाट पनि प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको डिएसपी श्रेष्ठले बताए।