May 12, 2026, Tuesday
२०८३ बैशाख ३०, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पूर्व–पश्चिम राजमार्गमा बनेका ठूला ठूला खाडलहरू टालटुल पारेको भोलिपल्टै पुनः क्षतविक्षत

पूर्व–पश्चिम राजमार्गमा बनेका ठूला ठूला खाडलहरू टालटुल पारेको भोलिपल्टै पुनः क्षतविक्षत

आश्विन ९, काठमाडौं । सर्लाही स्थित पूर्व–पश्चिम राजमार्गमा बनेका ठूला ठूला खाडलहरु टालटुल पारेको भोलिपल्टै पुनः उस्तै गरी क्षतविक्षत भएको छ।

गत मंगलबार दिनभर नयाँरोड, हरिवन, बाँसाटोल, तीनघरे लगायत पूर्व–पश्चिम राजमार्गमा बनेका खाडलहरुमा अलकत्राले मुछेको गिट्टी हालेर टालटुल पारिएको थियो। तर बुधबारसाँझ देखि नै पुनः ती खाडलहरु भत्केपछि राजमार्ग पुनः कुरुप बनेको छ।

Advertisement

दैनिक हजारौं सवारी साधन गुड्ने मुलुककै मुख्य पूर्व–पश्चिम राजमार्ग भत्केर ठूला–ठूला खाडलहरु बनेको छ। महिनौंदेखि बनिरहेको खाडलहरु पुर्नका लागि प्रभावकारी ढंगले काम नहुँदा यातायात आवागमनका निकै कठिनाई भईरहेको यातायात व्यवसायी एवं मजदुरहरुले गुनासो गरिरहेका छन्। लामो समयदेखि बनिरहेको खाडल झारा टराई हिसाबले पुरिँदा टालटुल पारेको भोलिपल्टै देखि राजमार्ग पूरानै अवस्थामा फर्किएको छ।