April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनसीबीले दीपिका, श्रद्धा र सारालाई आज सोधपुछ गर्ने

एनसीबीले दीपिका, श्रद्धा र सारालाई आज सोधपुछ गर्ने

आश्विन १०, काठमाडौं । अभिनेता सुशांत सिंह राजपूतको मृत्युको सम्बन्धमा लागूपदार्थको कोणको अनुसन्धान गर्ने नारकोटिक्स नियन्त्रण ब्यूरोले आज केही बलिउड अभिनेत्रीलाई सोधपुछ गर्दै छ ।

ब्यूरोले अभिनेत्री दीपिका पादुकोण, श्रद्धा कपूर र सारा अली खानलाई आज प्रश्न गर्दै छ । बिहान १० बजेका लागि एनसीबीले दीपिका पादुकोणलाई बोलाएको छ ।
अहिले दीपिका र करिश्माबीचको ड्रग्स च्याट भाइरल भइरहेको छ । ह्वाट्सएप च्याटमा दीपिका ड्रग्सको कुराकानी गरिरहेकी देखिन्छन् ।

Advertisement

ह्वाट्सएप ग्रुपमा दीपिका र करिश्माबीच भएको कुराकानी भाइरल भएको हो । जुन ग्रुपको एडमिन दीपिका नै हुन् ।

यतिखेर बलिउड फ्यानहरूको ध्यान दीपिकामाथिको अनुसन्धानतर्फ तानिएको छ ।
यसअघिको शुक्रबार अभिनेत्री रकुल प्रीत सिंह र दीपिकाको म्यानेजर करिश्मा प्रकाशलाई सोधपुछ गरिसकेको छ ।

एनसीबीले अझै पनि करिश्मा प्रकाशलाई प्रश्न गर्न सक्छ ।

यसअघिको सेप्टेम्बरमा, रिया चक्रवर्तीलाई लागुपदार्थ नियन्त्रण मुद्दामा नारकोटिक्स नियन्त्रण ब्यूरोले पक्राउ गरेको थियो। यस सम्बन्धमा रियाका भाई शोविक चक्रवर्तीलाई पनि सोधपुछ गरिसकेको छ ।