May 19, 2024, Sunday
२०८१ जेष्ठ ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पाँचथर थर्पू समाज यूकेद्धारा मुटुको एक रोगीलाई सवा तीन लाख रुपैयाँ सहयोग

पाँचथर थर्पू समाज यूकेद्धारा मुटुको एक रोगीलाई सवा तीन लाख रुपैयाँ सहयोग

लण्डन ।

पाँचथर थर्पू समाज यूकेले नेपालस्थित मुटुको एक सख्त रोगीलाई उपचारार्थ आर्थिक सहयोग गरेको छ । मलेशियामा कार्यरत भीमकुमार सुन्दासको मुटुमा रक्तसञ्चारको समस्या भएपछि शल्यक्रियाको खर्चको लागि समाजले आर्थिक सहयोग जुटाएको हो ।

Advertisement

बेलायतमा बसोवास गरिरहेका पाँचथरेहरु र छिमेकी ताप्लेजुङ, तेह्रथुम, धनकुटा जस्ता जिल्लाहरुबाट उद्गम भई हाल बेलायत बसोवास गरिरहेका जनहरुबाट आर्थिक सहयोग जुटेको कुरा पाँचथर थर्पू समाज यूकेकी कोषाध्यक्ष बिमला लिम्बूले नेपाल मामिला डट कमलाई बताइन् ।

संकलित उक्त रकम तीन लाख सत्र हजार सात सय पचास रुपैयाँ शहिद गंगालाल हृदय केन्द्र पुगी बिरामीलाई आजै बुझाइएको हो । 

https://www.youtube.com/watch?v=30wLC2uiAJQ
पाँचथर थर्पू समाज यूकेको तर्फबाट पाँचथर समाज नेपालका उपाध्यक्ष भीमबहादुर तावा र महासचिव लक्ष्मीराज तावा ‘विद्रोस’ ले उक्त रकम हस्तान्तरण गरे ।

पाँचथर थर्पू समाज यूकेका अध्यक्ष तिलविक्रम तावाले सहयोगी मनका धनी सम्पूर्ण दाताहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि त्यस्तै सहयोगको अपेक्षा राखेका छन् ।