May 6, 2024, Monday
२०८१ बैशाख २५, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
डोटी जिल्ला अस्पतालमा आईसीयू र भेन्टिलेटर बेड जडान गरिने

डोटी जिल्ला अस्पतालमा आईसीयू र भेन्टिलेटर बेड जडान गरिने

डोटी – जिल्ला अस्पतालमा आईसीयू र भेन्टिलेटर बेड जडान गरिने भएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आईसीयू र भेन्टिलेटर बेड नभएको गुनासो बढेपछि जडान गर्ने तयारी भएको हो ।

आईसीयू र भेन्टिलेटर बेड जडानका लागि कर्मचारीहरु खटिनुका साथै काम तीव्ररुपमा काम अगाडि बढेको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेश सरकार समाजिक विकास मन्त्रालयको सहयोगमा जिल्ला अस्पतालमा दुई वटा आईसीयू र दुई भेन्टिलेटर बेड उपलब्ध गराएको हो । 

Advertisement

विशेषज्ञसहितको उपचार सेवा प्रदान गर्दै आएको अस्पतालमा आईसीयू तथा भेन्टिलेटर नहुँदा बिरामीलाई अन्यत्र जिल्ला पठाउनु पर्ने बाध्यता छ । प्रदेश सरकार समाजिक विकास मन्त्रालयबाट उपलब्ध भएका ती बेडहरु जिल्लामा पुगि सकेको र आइतबारबाट जडान कार्य सुरु हुने बताइएको छ । 

प्रदेश सरकारको सहयोगमा केही महिना पहिले मात्र कोरोना भाइरसको परीक्षणका लागि पीसीआर मेसिन जडान गरेको थियो । अब अस्पतालले आईसीयू र भेन्टिलेटर बेड पनि जडान गर्न थालेपछि स्थानीयवासीमा खुसियाली छाएको छ ।