April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
काठमाडौं उपत्यकामा थपिए १३५७ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए १३५७ कोरोना संक्रमित

काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ११३, भक्तपुरमा ४९ र ललितपुरमा १९५ जना गरी १ हजार ३५७ जना संक्रमित थपिएका हुन् ।

Advertisement

यसअघि शुक्रबार (हिजो) काठमाडौंमा उपत्यकामा १ हजार ८८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३८५८४रहेको छ ।

पछिल्लो २४ घण्टामा थप २२६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ३१ हजार २२२ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९३७ पुगेको छ ।