April 25, 2024, Thursday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बिपी प्रतिष्ठान धरानमा तीन जना कोरोना संक्रमितको मृत्यु

बिपी प्रतिष्ठान धरानमा तीन जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मोरङका ५९ वर्षीय पुरुष, राजविराज- १, सप्तरीकी २३ वर्षीया महिला र राजविराज- ८, सप्तरीका ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

Advertisement

मोरङका पुरुषको आज बिहान ३ बजे मृत्यु भएको हो । उनलाई यही कात्तिक ९ गते अस्पताल भर्ना गरिएको थियो। उनमा सोही दिन कोरोना पुष्टि भएको थियो।

यसैगरी राजविराजकी २३ वर्षीया महिलाको पनि आज बिहान सवा ३ बजे मृत्यु भएको हो। कात्तिक १८ गते कोरोना पुष्टि भएकी उनलाई १९ गते अस्पताल भर्ना गरिएको थियो।

यस्तै राजविराजका पुरुषको मृत्यु आज बिहान ८ बजे भएको अस्पतालले जनाएको छ।