April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
प्रधानमन्त्रीलाई अध्यक्ष प्रचण्डले भनेः प्रदेशका नेतालाई फूटको सन्देश दिँदै हिँड्ने ?

प्रधानमन्त्रीलाई अध्यक्ष प्रचण्डले भनेः प्रदेशका नेतालाई फूटको सन्देश दिँदै हिँड्ने ?

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता विना निष्कर्ष टुंगिएको छ ।

पछिल्लो समय बढ्दै गएको नेकपाभित्रको विवाद समाधानका लागि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको थियो ।

Advertisement

अध्यक्ष प्रचण्डले बुधबार प्रधानमन्त्रीले प्रदेश नम्बर १ का आफू निकट प्रदेश कमिटी सदस्यहरुसँग गरेको जुमसंवादबारे चासो व्यक्त गरेका थिए । उनले जनताको बहुलदीय जनवादको विषयमा भएकाे संवादबारे प्रधानमन्त्रीलाई सोधेका थिए ।

राजदूत नियुक्ती, मन्त्रिमण्डल पुर्नगठन, कर्णाली प्रदेशको विवाद, मुकेश चौरसिया हत्या र प्रधानममन्त्रीका पछिल्ला गतिविधिबाट रुष्ट हुँदै आएका अध्यक्ष प्रचण्डले सचिवालय बैठक बोलाउन आग्रह गरेका थिए ।

‘सचिवालय बैठक बोलाएर पार्टीभित्रका समस्या समाधान गरौं । तपाईंहरु प्रदेशका नेताहरुलाई भेला गराएर फूटको सन्देश दिँदै हिँड्ने ?याे राम्राे भएन,’ अध्यक्ष प्रचण्डको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘समस्या कहाँनेर हो बैठक बोलाएर सामूहिक छलफल गरौं न । यसरी फूटको संकेत दिँदा कार्यकर्ता र जनतामा नकारात्मक सन्देश जान्छ ।’

अध्यप्रचण्डसहितका नेकपा नेताहरुले सचिवालय बैठक बोलाउन माग गरिरहेका छन् । तर, प्रधानमन्त्री ओलीले दुई अध्यक्ष बसेर विवाद समाधान गरेपछि मात्र बैठक बोलाउन सकिने जवाफ दिँदै आएका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार पार्टीभित्र आफू घेराबन्दीमा परेको भन्दै तयारी अवस्थामा रहन प्रदेश कमिटी नेताहरुलाई निर्देशन दिएका थिए ।

बुधबार प्रदेश नम्बर १ को कमिटी भेलालाई जुममार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही नेताहरु समूह बनाएर आफूमाथि लागेको बताएका थिए ।