April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
शुक्रबारका लागि तय गरिएको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुनः स्थगित

शुक्रबारका लागि तय गरिएको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुनः स्थगित

काठमाडौँ – शुक्रबारका लागि तय गरिएको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुनः स्थगित भएको छ ।

बिहीबार बसेको शीर्ष नेताहरुबीच बैठकमा प्रस्तुत गरिने एजेन्डाबारे सहमति नजुटेपछि बैठक स्थगित भएको हो । नेताहरुका अनुसार बैठक कात्तिक २४ गते सोमवार बस्ने भनिएको छ ।

Advertisement

बिहिबार भएको पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका २७ केन्द्रीय सदस्यले पेस गरेको १६(बुँदे असहमतिमा सहमति नजुट्दा बैठक सारिएको हो ।

बैठकपछि कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले आफुले अघि सारेको १६ बुदें असहमतिका बारेमा टुङ्गो लगाएर मात्र केन्द्रीय समिति बैठक बस्ने बताउनुभयो । सवै बिषयमा सहमति खोज्ने र त्यसपछि २४ गते केन्द्रीय समिति बस्ने जानकारी दिनुभयो ।

सभापति देउवा समयमै महाधिवेशन गर्नबाट पछि हट्न खोजेको तथा विधि विधानअनुसार नचलेको भन्दै पौडेल पक्षका केन्द्रीय सदस्यले १६–बुँदे असहमति राख्दै पार्टी कार्यालयमा विरोध पत्र बुझाएका थिए ।

क्रियाशील सदस्यता, महाधिवेशन सुनिश्चितता, समायोजन र विभाग गठनलगायतमा पौडेल पक्षले प्रश्न उठाउँदै आएको छ ।

महाधिवेशन नजिकिएका बेला सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले विभाग गठन गरेको दावी गर्दै पौडेल पक्षले ती विभाग खारेज गर्न उनीहरूले माग गरेका छन् ।

तर देउवा पक्षले भने विभाग गठन विधानविपरीत नभएको दावी गर्दै आएको छ । कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठक शुक्रबार पनि बस्ने भएको छ ।