April 19, 2026, Sunday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
दाङका १० क्रसर उद्योग १५ दिनभित्र बन्द गर्न निर्देशन

दाङका १० क्रसर उद्योग १५ दिनभित्र बन्द गर्न निर्देशन

दाङ –  दाङमा बालुवा प्रशोधन गर्ने गरी उद्योग दर्ता गरेर क्रसर नै सञ्चालन गरेका १० वटा क्रसर उद्योगलाई १५ दिनभित्र बन्द गर्न निर्देशन दिइएको छ।

जिल्ला प्रशासन कार्यालय दाङको अगुवाइ र विभिन्न सरकारी कार्यालयको सहभागितामा गरिएको अनुगमनका क्रममा १० वटा क्रसर उद्योगलाई १५ दिनभित्र बन्द गर्न निर्देशन दिइएको हो। गृह मन्त्रालयले कात्तिक २५ गते जारी गरेको परिपत्र अनुसार प्रशासनले अनुगमन गरी उद्योगहरूको अवस्थाबारे जानकारी लिएको छ। 

Advertisement

त्यसैगरी, ३२ वटा बालुवा प्रशोधन उद्योगका नाममा दर्ता भएको र ६ वटा बन्द भएको पाइएको समेत उनले बताए। बन्द गर्न निर्देशन दिइएका उद्योगहरूमा स्वर्गद्वारी स्क्रिन प्लान्ट प्रालि, जनविश्वास बालुवा वासिङ उद्योग, गणेश बालुवा वासिङ उद्योग, के एण्ड एस बालुवा प्रशोधन वासिङ उद्योग, मंगलम बालुवा प्रशोधन उद्योग, बागरबाबा बालुवा प्रशोधन उद्योग, पाण्डवेश्वर बालुवा वासिङ उद्योग, जयवागेश्वरी बालुवा प्रशोधन उद्योग, दाङ एग्रीगेट बालुवा वासिङ उद्योग र पूर्णागिरी एग्रीगेट बालुवा वासिङ उद्योग रहेका छन्।

१५ दिनभित्र उद्योग बन्द गर्न निर्देशन दिइएको र अटेरी गरे राज्यका सेवासुविधा कटौतीसँगै दर्ता खारेजसम्म गर्ने चेतावनी दिइएको प्रअ आचार्यले बताए ।

क्रसर व्यवसायी महासंघका अध्यक्ष मिन बहादुर शाहीले आफूहरू राज्यको नीति नियम अनुसार चल्न प्रतिबद्ध रहेको बताए। राज्यका मापदण्डहरू अव्यवहारिक हुँदा व्यवसायीहरू मारमा पर्ने गरेको उनको भनाइ छ।