March 28, 2024, Thursday
२०८० चैत्र १६, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
‘कोरोना भाइरस’ शब्दको प्रयोग ५७ हजार प्रतिशतले वृद्धि

‘कोरोना भाइरस’ शब्दको प्रयोग ५७ हजार प्रतिशतले वृद्धि

एजेन्सी–अक्स्फोर्ड डिक्सनरीले हरेक वर्ष व्यापक प्रयोग हुने शब्दलाई ‘वर्ड अफ दि एयर’ (वर्षको शब्द) चयन गर्दै आएको छ। यसवर्ष भने कोरोना महामारीका कारण कुनै पनि शब्द चयन गरेन। त्यसको सट्टा शब्दको सूची  जारी गरेको छ।

अक्स्फोर्ड डिक्सनरी प्रकाशित गर्ने कम्पनी अक्सफोर्ड ल्याङवेजेजले कोरोना महामारीले  अंग्रेजी भाषामा व्यापक प्रभाव परेको जनाएको छ। कम्पनीका अध्यक्ष कस्पर ग्रेथहोलले भने, ‘भाषाका दृष्टिले हामीले यस्तो वर्ष कहिल्यै देखेनौं, हरेक वर्ष हाम्रो टिमले सयकडौं नयाँ शब्द र त्यसको  प्रयोग पहिचान गर्दै आएको थियो। तर २०२० मा यति धेरै शब्द प्रचलनमा आए कि हामीलाई कुनै एक शब्द चयन गर्न अप्ठेरो भयो।’

Advertisement

यसअघि सेल्फी, अनफ्रेण्ड, टक्सिकजस्ता शब्द चयन भएका थिए। गत वर्ष क्लाइमेट इमर्जेन्सी चयन गरिएको थियो।  कम्पनीका हेड अफ प्रोडक्ट क्याथरिन कोन्नोर मार्टिनका अनुसार यस वर्ष कोरोना भाइरस शब्दको प्रयोग ५७ हजार प्रतिशतले वृद्धि भयो। यो शब्द सबैभन्दा पहिले सन् १९६८ मा प्रयोगमा आएको थियो।

गत जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लगाइएको महाअभियोगबारे इम्पिचमेन्ट शब्द प्रयोगमा आएको थियो। तर अप्रिलसम्ममा कोरोना भाइरस शब्दले सबैलाई उछिन्यो। यस्तै, यसवर्ष लकडाउन र स्टे एट होम जस्ता शब्द पनि बढी प्रयोगमा आए।