April 19, 2026, Sunday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
गाउँपालिका भवनमा बम विस्फोट गराउने दुई पक्राउ

गाउँपालिका भवनमा बम विस्फोट गराउने दुई पक्राउ

उदयपुर–पाँच दिनअघि उदयपुरको ताप्ली गाउँपालिका कार्यालय भवनमा बम विस्फोट गराउने दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।

बम विस्फोट गराएको अभियोगमा पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–५ रुपाटारका ६८ वर्षीय गौरबहादुर देवकोटा र अर्का ताप्ली–१ ओख्लेका ३५ वर्षीय रितु विक रहेको  जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख भीमप्रसाद दाहालले बताए। 

Advertisement

विक नेत्रविक्रम चन्द समूहका उदयपुर जिल्ला सदस्य र देवकोटा उक्त समूहका जिल्ला सल्लाहकार तथा जिल्लाकै लिम्चुङबुङ गाउँपालिका  इन्चार्ज रहेको खुल्न आएको उदयपुर प्रहरीले बताएको छ ।