May 15, 2026, Friday
२०८३ जेष्ठ २, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
प्रदेशसभा सदस्यको दसैंभत्ता आविष्कार केन्द्रलाई हस्तान्तरण

प्रदेशसभा सदस्यको दसैंभत्ता आविष्कार केन्द्रलाई हस्तान्तरण

काठमाडौं–नेपाली कांग्रेसका तर्फबाट वाग्मती प्रदेशमा प्रतिनिधित्व गरेका दुई सदस्यले दसैं भत्तावापत पाउने रकम राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरेका छन्।

कांग्रेस प्रदेश सभा सदस्य रजनी अमात्य र विजया केसीले बिहीबार केन्द्रका सञ्चालक महावीर पुनलाई सो रकम हस्तान्तरण गरेका हुन्। उनीहरुले दसैं भत्तावापत पाउने ५२ हजार २०० रुपैयाँका दरले दुई जनाको एकमुष्ट एक लाख चार हजार ४०० रुपैयाँ हस्तान्तरण गरे।

Advertisement

कोरोना महामारीका कारण मुलुक आक्रान्त भइरहेको अवस्थामा दसैंभत्ता लिनु उपयुक्त नभएकाले मुलुकको विकासका लागि काम गरिरहेको आविष्कार केन्द्रलाई हस्तान्तरण गरिएको सदस्यद्वयको भनाइ छ । यसअघि कांग्रेस वाग्मती प्रदेशका प्रमुख सचेतक राधा घलेले आफ्नो दसैं भत्तावापत पाउने रकम राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग गरिसकेकी छन्। रासस