May 19, 2024, Sunday
२०८१ जेष्ठ ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
जनसम्पर्क समिति बेलायतद्वारा कांग्रेस बरिस्ठ नेता पौडेलको गिरफ्तारीको विरोध

जनसम्पर्क समिति बेलायतद्वारा कांग्रेस बरिस्ठ नेता पौडेलको गिरफ्तारीको विरोध

लण्डन । नेपाली जनसम्पर्क समिति बेलायतले नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले गरेको गिरफ्तारको भर्त्सना गरेको छ । नेपाली कांग्रेसको विदेशस्थित आफ्ना संगठनहरुले नेता पौडेलप्रति गरेको व्यवहारको विरोध गरिरहँदा बेलायत समितिले पनि आफ्नो आवाज मुखरित गरेको हो ।

जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङले एक बक्तब्य जारी गर्दै “कम्युनिस्ट सरकारले अधिनायबादी चरित्र देखाएको र लोकतन्त्रमा यस किसिममा व्यबहार सह्य नहुने र प्रतिरोध गरिने भन्दै उनले लोकतान्त्रिक अधिकारको हनन् हुने यस्ता क्रियाकलाप बन्द गर्न सरकारसंग माग गरेका छन ।

Advertisement

नेपाली काङ्रेसका नेता कार्यकर्ता लगायत नागरिक समाजले पनि पूर्व निर्धारित कार्यक्रम बिथोल्न गरिएको धरपकड प्रति आपत्ति जनाउदै प्रधानमन्त्री केपी शर्मा ओली अधिनायकबाद तर्फ उन्मुख भैसकेको र देशमा कानुनी राज्यको धज्जी उडाएको प्रतिक्रिया दिएका छन ।

त्यस्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारीलाई आपत्तिजनक र निन्दनीय भनेका छन् ।

सभापति देउबाले एक विज्ञप्ति प्रकाशित गरी सरकारको यस्तो प्रवृतिविरुद्ध देशव्यापी प्रतिरोध गरिने पनि बताएका छन् । उनले प्रधानमन्त्री ओलीलाई फोन गरेर पनि यस्तो प्रकृतिको लोकतान्त्रिक अधिकार बिरोधी कदम सह्य नहुने चेतावनी दिएका हुन् ।