May 15, 2026, Friday
२०८३ जेष्ठ २, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
हास्य कलाकार मनोज गजुरेलले बिहे गर्दै

हास्य कलाकार मनोज गजुरेलले बिहे गर्दै

काठमाडौँ – हास्य कलाकार मनोज गजुरेलले बिहे गर्ने भएका छन् । यसअघिकी पत्नी मीना ढकालसँग सम्बन्धबिच्छेद भएपछि गजुरेलले दोस्रो बिहे गर्न लागेका हुन् ।

गजुरेलले आफूले बिहे गर्न लागेको पुष्टि गर्दै भने, ‘मैले बिहे गर्ने निर्णय लिएको छु । अहिले केही आन्तरिक कुरा मिलाउन बाँकी रहेकाले सबै विषय केही पछि मात्रै तपाईँलाई बताउन सक्छु ।’

Advertisement

महिलातर्फको केही आन्तरिक कुरा मिलाउन बाँकी रहेकाले अहिले धेरै कुरा सार्वजनिक नगरिएको भएपनि छिट्टै बिहे गर्न योजना बनिसकको बताइएको छ ।

दुई वर्षअघि हास्यकलाकार गजुरेलले पत्नी मिनासँग सम्बन्धबिच्छेद गरेका थिए ।  आपसी समझदारीमा दुबैले सम्बन्धलाई टुङ्ग्याएका थिए । 

सम्बन्धविच्छेद बारे दुवै केही समय दुबै मौन रहेपनि पछि भने एक अर्कोलाई गाली गर्दै मिडियामा प्रस्तुत भएका थिए । 

२०५३ सालमा प्रेम विवाह गरेका यी जोडीको वैचारिक मतभेद आएपछि सम्बन्धबिच्छेदअघि केहीसमय अलग–अलग समेत बस्न थालेका थिए । गजुरेलको मीनाको एक छोरा र एक छोरी रहेका छन् भने दुबै गजुरेलसँगै बस्दै आएका छन् ।