April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मौसम: प्रदेश १ का पहाडी भेगमा हल्का वर्षाको पूर्वानुमान

मौसम: प्रदेश १ का पहाडी भेगमा हल्का वर्षाको पूर्वानुमान

काठमाडौँ- आज दिउँसो प्रदेश १ का पहाडी भू-भागमा हल्का वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदलीको अवस्था रहे पनि बाँकी भू-भागमा मौसम सफा रहेको महाशाखाले जनाएको छ ।

Advertisement

भारतको झारखण्ड र आसपासमा न्युन चापीय प्रणाली रहेको असर नेपालमा पनि देखिएकाले प्रदेश नं १ को पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तापक्रम घट्दै गएकाले बिहानी पख र साँझ तराई भेगमा हुस्सुको सम्भावना पनि रहेकाले यात्रामा सावधानी अपनाउन पनि महाशाखाले आह्वान गरेको छ ।