April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मुख्यमन्त्री गुरुङद्वारा धवलागिरि अस्पतालको निरीक्षण

मुख्यमन्त्री गुरुङद्वारा धवलागिरि अस्पतालको निरीक्षण

गलकोट – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना सङ्क्रमितको उपचार गराइराखेको धवलागिरि अस्पताल बागलुङको निरीक्षण गर्नुभएको छ ।

मुख्यमन्त्री गुरुङले मङ्गलबार साँझ अस्पतालको समस्या तथा कोरोना रोकथामका विषयमा जानकारी लिनुभएको थियो । अस्पताल सुधारका लागि गण्डकी प्रदेश सरकारले चासो दिएको भन्दै मुख्यमन्त्री गुरुङ अस्पताल सुधारका लागि पटकपटक निरीक्षणमा आउने गरेको धवलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले जानकारी दिनुभयो ।

Advertisement

मगरका अनुसार मुख्यमन्त्री गुरुङले अस्पतालको अक्सिजन प्लान्ट, आइसीयू, सर्जिकल वार्डलगायतको अवलोकन गर्नुभएको थियो । मुख्यमन्त्री गुरुङले कोरोना सङ्क्रमित भएर आइसोलेसन तथा आइसीयूमा रहेका बिरामीको अवस्था सिसीटिभी फुटेजबाट प्रत्यक्ष अवलोकन गरी जानकारीसमेत लिनुभएको थियो ।

अस्पताल व्यवस्थापन समितिले निरीक्षणमा पुग्नुभएकोमुख्यमन्त्रीलाई आइसीयूकक्षलाई सबै क्षमतामा चलाउन जनशक्ति अभाव रहेको, तीन शय्याको आइसीयूलाई पाँच शय्यामा स्तरवृद्धि गर्नुपर्ने र अक्सिजन भर्ने उपकरण खरिदका लागि बजेट मागलगायतका समस्या अवगत गराएको थियो । मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश सरकारको पहलमा धवलागिरि अस्पतालमा निकै सुधार आएकामा खुशी व्यक्त गर्नुभयो ।

उहाँले कोरोना रोकथाममा अस्पतालले खेलको भूमिकाप्रति प्रशंसा गर्नुभएको थियो । धवलागिरि अस्पताल गण्डकी प्रदेशमै पहिलोपटक कोरोना सङ्क्रमितको उपचार गर्ने अस्पताल हो ।