April 22, 2026, Wednesday
२०८३ बैशाख ९, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
प्रधानमन्त्रीले संविधानको अपहरण गरे : जनार्दन शर्मा

प्रधानमन्त्रीले संविधानको अपहरण गरे : जनार्दन शर्मा

काठमाडौं – सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको अपहरण गरेको आरोप लगाएका छन्।

प्रधानमन्त्री केपी शर्माले आज आइतबार बिहान आकस्मिक मन्त्रिपरिषदको बैठकबाट संसद विघटनको सिफारिस गरेसँगै शर्माले प्रधानमन्त्रीले संविधानको अपहरण गरेकोले रक्षा गर्न सबै तयार हुनुपर्ने बताएका हुन्। 

Advertisement

‘केपी ओलीले फेरि हाम्रो एक मात्र उपलब्धि नयाँ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको अपहरण गरेका छन । यसको रक्षाका लागि सबै तयार होऔं’ शर्माले ट्वीटरमा लेखेका छन्।