May 20, 2024, Monday
२०८१ जेष्ठ ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
तमुधीं यूकेद्धारा नयाँ कार्यसमितिको नामावली सार्वजनिक

तमुधीं यूकेद्धारा नयाँ कार्यसमितिको नामावली सार्वजनिक

लन्डन डिसेम्बर २० । तमुधीं यूकेले आफ्नो नयाँ कार्यसमितिको पूर्ण नामावली आज सार्वजनिक गरेको छ ।

आज २० डिसेम्बर आइतबारको दिन जुम प्रविधि मार्फत सम्पन्‍न संस्थाका बीसौं साधारणसभाले गत हप्ता सम्पन्न संस्थाको ११ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको नामावलीको घोषणा गरेको हो ।

Advertisement

एकेन्द्र गुरुङ संयोजक रहेको निर्वाचन समितिले अध्यक्षमा हित काजी गुरुङसहित नयाँ कार्यसमितिका जम्मा २९ जना सदस्यहरुको नाम सार्वजनिक भएको छ ।

गत हप्ता समाचारहरुमा नयाँ कार्यसमितिका उपाध्यक्षहरुमा क्रमशः हरी गुरुङ, जुमकाजी गुरुङ र तुलाराम गुरुङ, महासचिवमा परशुराम गुरुङ, सचिवमा प्रेम गुरुङ, कोषाध्यक्षमा कमल गुरुङ र सहकोषाध्यक्षमा इमप्रसाद गुरुङको नाम सार्वजनिक भएपनि बाँकी सदस्यहरुको नाम आउन बाँकी थियो ।

तमुधीं यूकेका एक बरिष्ठ सदस्य रोहित गुरुङद्धारा आज जारी विज्ञप्ति अनुसार संस्थाका सातै वटा विभागका प्रमुखहरु पनि निर्विरोध नै चयन भएका छन् । विभागीय प्रमुखहरुमा खेलकुद बिभागमा क्या. देव घले, साँस्कृतिक विभागमा साधुराम गुरुङ, प्रेस मिडिया विभागमा सविन्द्र कुमार गुरुङ, जिन्सी विभागमा मानप्रसाद गुरुङ, कल्याणकारी विभागमा श्रीप्रसाद गुरुङ, युवा विभागमा राजन गुरुङ र महिला विभागमा मञ्जू गरुङ ‘सीता’ रहेका छन् ।

नयाँ कार्यसमिति (२०२०–२०२२) का लागि सदस्यहरुमा दिलमाया गुरुङ, लिडिया गुरुङ, अप्सरा गुरुङ, भोजबहादुर गुरुङ, कोलप्रसाद गुरुङ, टंक मार्टिन गुरुङ, अरुण गुरुङ, मदन गुरुङ, बिमल गुरुङ, डा. विशाल गुरुङ, सुर्यमान गुरुङ र मोती प्रसाद गुरुङ निर्विरोध चयन भएका छन् ।

तमु धीं यूकेका दशौं अध्यक्षमा निर्वाचित हित काजी गुरुङ यसअघि वरिष्ठ उपाध्यक्ष थिए । तमु धीं यूकेका संस्थापक समेत रहेका नवनिर्वाचित गुरुङ अन्य बिभिन्न सामाजिक संघ संस्थामा आबद्ध छन् ।