May 20, 2024, Monday
२०८१ जेष्ठ ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
जनसम्पर्क समिति बेलायतद्धारा प्रतिनिधिसभा बिघटनको निन्दा

जनसम्पर्क समिति बेलायतद्धारा प्रतिनिधिसभा बिघटनको निन्दा

लण्डन। जनसम्पर्क समिति बेलायतले प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा गरिएको प्रतिनिधिसभा बिघटनको निन्दा गरेको छ ।

हिजो डिसेम्बर २० मा एक वक्तव्य जारी गर्दै समितिका कार्यवाहक सभापति महेश कुमार दहालले “प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा गरिएको उक्त कदम असंवैधानिक र पाँच बर्षका लागि पाएको जनादेशको ठाडो उल्लंघन” भनेका छन् ।

Advertisement

“नेपालको राजनीति परिवृत्तमामा आज घटेको घटना र राजनीतिक चलखेललाई नेपाली जनसम्पर्क समिति बेलायतले नजिकबाट समीक्षा गरिरहेको छ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूबाट चालिएको यो कदम असंवैधानिक छ । यो नेपाली जनताबाट पाँच बर्षको लागि प्राप्त जनादेशको ठाडो उल्लंघन हो र यसले नेपालको लोकतन्त्रको उपहास गरेको नेपाली जन सम्पर्क समिति यूकेले ठहर गरेको छ ।” वक्तव्यमा भनिएको छ ।