April 12, 2024, Friday
२०८० चैत्र ३०, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
आर्थिक पत्रकारिता पुरस्कार स्थापना

आर्थिक पत्रकारिता पुरस्कार स्थापना

बागलुङ – बागलुङ उद्योग वाणिज्य सङ्घले आर्थिक विषयमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्न रु दुई लाख २२ हजार २२२ को अक्षयकोष स्थापना गरेको छ ।

कोषको नाम ‘बागलुङ उद्योग वाणिज्य सङ्घ आर्थिक खोजमूलक पत्रकारिता अक्षयकोष’ दिइएको छ । गत वर्ष पुसमा सञ्चालित बागलुङ महोत्सवबाट बचत भएको रकमबाट पत्रकारिता पुरस्कार कोष स्थापना गरिएको सङ्घका महासचिव नरेश कँडेलले जानकारी दिनुभयो ।

Advertisement

उहाँका अनुसार पहिलो पुरस्कार यही पुस १७ गते सङ्घको ५७ औँ साधारणसभामा प्रदान गरिने छ । कार्यविधिअनुसार छनोट समितिको सिफारिसमा जिल्लालाई कार्यक्षेत्र बनाएका एक जना पत्रकारलाई पुरस्कृत गरिने सङ्घले जनाएको छ ।