April 16, 2026, Thursday
२०८३ बैशाख ४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएनए अस्ट्रियाको विवाद अझैं गहिरिंदै

एनआरएनए अस्ट्रियाको विवाद अझैं गहिरिंदै

लण्डन । गैर-आवासीय नेपाली संघ अस्ट्रिया २०१९–२१ कार्यसमिति बने लगत्तै कमिटिभित्र निस्किएका विवादहरु अझै पनि समाधान हुन सकेका छैनन्। अध्यक्ष विनोद चौलागाईं र महासचिव भवानी तिवारीबीचका असमझदारीहरु सुल्झाउने क्रममा गत जुलाईमा केन्द्रले हस्तक्षेप गरे पनि आजसम्म कुनै प्रगति देखिएको छैन ।

अध्यक्ष र महासचिवबीचको विवाद मिलाउन गत ५ जुनमा बसेको आइसीसीको संयक्त बैठकले एक छ–बूँदे निर्देशनात्मक सहमति पत्र जारी गरिएको थियो तर अध्यक्ष र महासचिव दुवैले कार्यान्वयन गर्न सकेनन् ।

Advertisement

उक्त बैठकको निर्णय र केन्द्रको सुझावहरुको वेवास्ता भएपछि पुनः जुलाई १३ को दिन केन्द्रीय अध्यक्ष कुमार पन्त समेतको उपस्थितिमा अर्को बैठक बस्नु परेको थियो । बैठकमा अस्ट्रिया अध्यक्ष चौलागाईं र महासचिव तिवारीको साथमा आइसीसी महासचिव डा. हेमराज शर्मा र युरोप संयोजक नारायण आचार्य समेत उपस्थित थिए ।

जुलाई १३ को बैठकले पूर्व बैठकको छ–बुँदै सहमति कार्यान्वयन गर्न निर्देशन दिएको तर अध्यक्ष चौलागाईं आफैंले त्यसप्रति उदासीन रहेको जिकिर महासचिव भवानी तिवारीको छ । उनका अनुसार सहमति पालना भए-नभएको बारे जानकारी लिन गत नोभेम्बर १५ मा पुनः तेस्रो चरणको बैठक बसेको थियो तर बैठक लगत्तै अध्यक्ष चौलागाईं भने त्यसप्रति जिम्मेवार नेदेखिएको बरु उल्टै आइसीसीको निर्णयहरुलाई एनआरएनए अस्ट्रियाका सर्वसाधारण सदस्यहरुसम्म पुग्न नदिएको आरोप लगाउँछिन् ।

छ–बुँदे सहमति पत्र (By NRNA ICC)

“सो निर्णयलाई अध्यक्ष चौलागाईंले सम्पूर्ण अस्ट्रियावासी नेपालीहरुसम्म पुग्न नदिनका कारणहरुको स्पष्टिकरण संसारभरका गैरआवासीय नेपालीहरुलाई चाहिएको छ। संघ रुपान्तरण तर्फ दौड्दै गरेको अवस्थामा यसको विधि–विधानलाई उल्लंघन गर्दै महिलाहरुलाई निस्कृय पार्ने दुस्प्रयास समाजको लागि घातक छ” – महासचिव तिवारी गत डिसेम्बर २८ का दिन एक विज्ञप्ति जारी गर्दै भनेकी छन् ।

एनआरएनए अस्ट्रिया र अस्ट्रियाका नेपालीहरुको बृहत्तर हितका निम्ति उल्लेखित विवाद समाधानका लागि छलफल गर्न आफू सधैँ तयार रहेको उनले जानकारी दिएकी छन् ।