March 25, 2024, Monday
२०८० चैत्र १३, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
प्रदेशसभा पनि विघटन हुनसक्छ: मन्त्री तुम्बाहाङ्फे

प्रदेशसभा पनि विघटन हुनसक्छ: मन्त्री तुम्बाहाङ्फे



काठमाण्डौ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रदेशसभा पनि विघटन हुनसक्ने बताएकी छन् ।

Advertisement

सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाङ्फेले केन्द्रमा देखिएको राजनीतिको प्रभाव प्रदेश सभामा पनि देखिएकाले नेपालको संविधान र प्रदेशको कानुन अनुसार प्रदेशसभा विघटन हुन सक्ने सम्भावना रहेको बताइन् । पूर्व कानुनमन्त्री समेत रहेकी उनले प्रदेशसभा सञ्चालन र विघटनको अधिकार प्रदेशमा रहेको बताइन् ।

प्रतिनिधिसभा विघटन भएपछि वर्तमान सरकार कामचलाउ बनेको बताउँदै उनले कामचलाउ बनेको सरकारको काम कारवाही सहज रुपमा अघि बढाउन प्रधानमन्त्रीले मन्त्रीमण्डल विस्तार गरेको बताइन् ।

संसद् विघटन संविधानमा स्पष्ट रुपमा उल्लेख नभए पनि ताजा जनादेशमा जानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको निर्णय गरेको उनले बताइन् । यो विधिसम्मत भएको पनि उनले दाबी गरिन् ।