April 21, 2024, Sunday
२०८१ बैशाख १०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
क्षमता ढकाल विश्व ज्योतिष महासंघमा

क्षमता ढकाल विश्व ज्योतिष महासंघमा

लन्डन । लण्डनकी नेपाली समुदायमा चर्चित ट्यारोट कार्ड रिडर तथा एनआरएनए अभियन्ता क्षमता ढकाल विश्व ज्योतिष महासंघमा सदस्यमा मनोनियत भएकी छिन ।

ट्यारोट कार्डका माध्यमबाट मानिसहरुको भूत, वर्तमान तथा भविष्य बताउँदै आएकी ढकाल लण्डनस्थित एक विश्वविद्यालयमा कानुनमा( एलएलवी) स्नातक गर्दैछिन ।

Advertisement

लामो समयदेखि लण्डनमा वसोवास गर्दै आएकी ढकाल फोन मार्फत विश्वभरि छरिएर रहेका नेपालीहरूलाई ट्यारो कार्डका माध्यमवाट आवश्यक परामर्श दिंदै आएकी छिन ।

गतवर्ष एनआरएन यूकेको चुनावमा भएको पक्षपात र धाधलीका बारेमा सार्वजनिक रुपमै आवाज उठाएपछि ढकाल नेपाली समूदायबीच थप परिचित भएकी थिइन ।

विश्व ज्योतिष महासंघले एक विज्ञप्ति जारी गर्दै उनीलाई महासंघको सदस्यमा नियुक्त भएकोमा सफल कार्यकालका लागि शुभकामना समेत प्रदान गरेको छ । hamrakura