पत्रकार महासंघ युरोपको अधिवेशन युरोपकै पत्रकारहरुद्धारा बहिस्कार: नेतृत्व नै शक्ति पूजामा लीन भएको आरोप
ब्रसेल्स । नेपाल पत्रकार महासंघ युरोपको फेब्रुवरी २० मा हुने भनिएको अधिवेशनलाई नेपाल प्रेस युनियन युरोपले बहिस्कार गर्ने भएको छ । महासंघको युरोप शाखाले बहुसंख्यक पत्रकारहरुलाई बाहिर राखेर अधिवेशन गर्न लागेको भन्दै नेपाल प्रेस युनियनको युरोपले विधि र पद्दति, एकता र सहमतिमा भएको अधिवेशन मात्रै स्वीयकार्य हुने जनाएको छ ।
नेपाल प्रेस युनियनको युरोप शाखाका संयोजक संजयभक्त कंडेलद्धारा आज प्रकाशित विज्ञप्तिमा भनिएको छ, “प्रवासको नेपाली समुदायलाई सुसूचित गर्न खटिएका साथीहरुलाई छलेर कुनै व्यक्ति विशेषको पदीय लोभ पूर्ति गर्ने षडयन्त्रमुलक कार्यको कडा निन्दा गर्दै नेपाल पत्रकार महासंघको विधानको मर्म र युरोप शाखाको संस्थापक सदस्यहरु र अन्य क्रियाशीलहरुको सम्मान गर्दै एकता र सहमतिको मात्र अधिवेशन अधिवेशन गर्न सम्बन्धित पक्षलाई सचेत गराउन चाहान्छौं ।”
त्यसो त उपर्युक्त अधिवेशनलाई कुनै पनि हालतमा सफल पार्न नेपाल पत्रकार महासंघको नेतृत्वले केही समययता पत्रकारहरुको बिभिन्न संघसंस्थाको अध्यक्षहरुलाई मात्र कागजी सम्मान प्रमाणपत्रहरु बाँड्दै आएको छ । नवोदित, उदियमान, सीमान्तकृत समुदायका र पत्रकारितालाई नै पेशाको रुपमा लिएर काम गरिरहेका पत्रकारहरुलाई हौसला दिन बिर्सेर पदमा भएकाहरुलाई सम्मान पत्र बाँड्दै बस्नुले पनि नेपाल पत्रकार महासंघ युरोपको नेतृत्व स्वार्थको लागि शक्ति उपासनामा लीन भएको पनि देखिएको छ ।
नेपाल प्रेस युनियन युरोपद्धारा आज जारी विज्ञप्ति यस्तो छः




प्रतिकृया दिनुहोस्