February 8, 2023, Wednesday
२०७९ माघ २६, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
दार्चुलाका रमेश कार्कीको हत्या आरोपमा चार जना प्रहरीको नियन्त्रणमा

दार्चुलाका रमेश कार्कीको हत्या आरोपमा चार जना प्रहरीको नियन्त्रणमा

काठमाडौँ – युवक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।

गत शनिबार बैतडी-दार्चुला सीमा भएर बग्ने चौलानी नदीमा मृत भेटिएका दार्चुलाको लेकम गाउँपालिका–१ सेजालीका ३५ वर्षीय रमेश कार्कीको हत्याको आशंकामा चार जनालाई नियन्त्रणमा लिइएको हो।

Advertisement

अनुसन्धानकै क्रममा रहेकाले नियन्त्रणमा लिइएकाहरूको नाम खुलाउन नमिल्ने इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए।

उनले भने, ‘चार जनालाई सोधपुछका लागि नियन्त्रणमा राखेका छौं, अनुसन्धान भइरहेको छ।’

गत शुक्रबार गोकुलेश्वरस्थित शिवरात्रि मेला हेर्न गएका रमेश साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा शनिबार बेलुका चौलानी नदीको बीच भङ्गालोमा मृत भेटिएका थिए।

कार्कीको टाउको, मुख, पेट, छाती, खुट्टामा चोट रहेकाले प्रहरीले हत्या भएको आशंका गरेको हो।

मृतक कार्कीको शव गोकुलेश्वर अस्पतालमा छ। शव परीक्षण गरिए पनि आफन्तले अझै शव बुझेका छैनन्। रासस