April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
होली खेल्ने क्रममा झडप हुदाँ एक जनाको मृत्यु

होली खेल्ने क्रममा झडप हुदाँ एक जनाको मृत्यु

बारा – बारामा होली खेल्ने क्रममा साेमवार साँझ विवाद हुँदा झडपका क्रममा एक जनाकाे ज्यान गएको छ । झडपमा अन्य छ जना घाइते भएका छन । कलैया उपमहानगरपालिका २३ की सन्जा देवीको ज्यान गएको प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रले जानकारी दिनुभयाे । 

झडपमा स्थानीयवासी रामदेव साह, गिर्जा देवी, रामप्रसाद साह, अम्बिका साह, बिन्देश्वर साह र राजेश साह घाइते भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरिएकाे डीएसपी मिश्रले जानकारी गराउनुभयो ।

Advertisement

घटनामा ज्यान गुमाएकी महिलाको शरीरमा चोटपटक नदेखिएकोले शव परीक्षणको रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ । दुई पक्षबीच कपडा च्यातेको विषयमा भएकाे विवादमा एक पक्षका महिलाको ज्यान गएकाे र अर्को पक्षको छ जना घाइते भएको डीएसपी मिश्रले बताउनुभयाे ।  

मृतककाे शव परीक्षणका लागि वीरगञ्जमा रहेकाे नारायणी उपक्षेत्रीय अस्पतालमा लगिएकाे छ ।