April 20, 2024, Saturday
२०८१ बैशाख ९, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
ब्यापार गर्ने बहानामा लाखौं रुपैयाँ ठगी गरी एकराज नेम्बाङ फरार

ब्यापार गर्ने बहानामा लाखौं रुपैयाँ ठगी गरी एकराज नेम्बाङ फरार

काठमाण्डौं – ब्यापार गर्ने बहानामा आफ्ना साथीभाइ र चेलीबेटीहरुबाट लाखौं रुपैयाँ उठाएर फरार भएपछि एकराज नेम्बाङलाई जनसम्पर्क समिति पाँचथर विश्व सञ्जालले पदबाट अपदस्त गरेको छ । एकराज नेम्बाङ नेम्बाङ पाँचथर समाज यूकेका पूर्व अध्यक्ष पनि हुन् ।

चिनेजानेका मानिसहरुका छोराछोरीहरुलाई ब्रिटिश सेनामा भर्ती गरिदिने र अनलाइन सञ्चालन गर्ने भन्दै स्वदेश र विदेशमा रहेका नेपालीहरुबाट लाखौं रुपैयाँ उठाएर केही महिनादेखि उनी फरार भएको र सम्पर्कमा नआएको हुँदा उनलाई उक्त संस्थाको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको जनसम्पर्क समिति पाँचथर विश्व सञ्जालले जनाएको छ ।

Advertisement

त्यस्तै उनले ब्रिटिश आर्मी भर्ना तालिम केन्द्र खोल्ने बहानामा नियतपूर्वक लाखौं रुपैयाँ उठाइ विगत ५ महिनादेखि फरार भएका हुन्। पीडितहरुद्धारा अभियुक्तलाई तीव्र रुपमा खोजी भइरहेको र कानूनी प्रकिया पनि सुरु गरिएको सञ्जालले बताएको छ ।

गत जुन महिनामा नेपाल, कोरिया, मकाऊ, हङकङ र बेलायतमा रहेका नेपालीहरुबाट उठाएको पैसा निजको व्यक्तिगत खातामा जम्मा गरिएको थियो । उनले हालसम्म पनि त्यही बहानामा रकम संकलन गरिरहेको बुझिएपछि जनसम्पर्क समिति पाँचथर विश्व सञ्जालले निजसंग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पार्दै एक पत्र जारी गरेको हो । उक्त पत्रको व्यहोरा यस्तो छ ।