February 16, 2026, Monday
२०८२ फाल्गुन ४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
१५ वर्षदेखि काममा नगई तलब खाइरहेका एक कर्मचारी पक्राउ

१५ वर्षदेखि काममा नगई तलब खाइरहेका एक कर्मचारी पक्राउ

काठमाडौँ – इटलीको एउटा अस्पतालमा कार्यरत एक कर्मचारीले पूरा तलब प्राप्त गर्ने गरी लगाइएको काम १५ वर्षदेखि नगरेको आरोप लगाइएको त्यहाँको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।दक्षिणी सहर क्याटानजारोस्थित चाच्चो अस्पतालमा कार्यरत ती कर्मचारी सन् २००५ बाटै काममा आउन छाडेको आरोप लगाइएको छ।

उनीमाथि ठगी, जबरजस्ती पैसा असुलेको अनि कार्यालयको दुरुपयोग गरेको विषयमा अनुसन्धान भइरहेको समाचार संस्था एन्साले उल्लेख गरेको छ।काम गरिरहेको ठानिएका उनलाई त्यस अवधिमा कुल ५३८,००० युरो तलब दिइएको बताइएको छ।अस्पतालमा छ जना प्रबन्धकहरूमाथि पनि सो मुद्दामा अनुसन्धान भइरहेको छ।

Advertisement

इटलीका सार्वजनिक निकायहरूमा हुने ठगी र अनुपस्थितिको आशङ्कामा प्रहरीले गरेको लामो अनुसन्धानपछि उनी पक्राउ परेका हुन्।पक्राउ परेका व्यक्ति सरकारी जागिरे हुन् र उनलाई सन् २००५ मा अस्पतालमा सरुवा गरिएको थियो।उनले त्यसपछि काम छल्न थालेको प्रहरीले जनाएको छ।उनले आफूविरुद्ध अनुशासनको कारबाही नगर्न तत्कालीन प्रबन्धकलाई धम्की दिएको समेत प्रहरीले आरोप लगाएको छ।बिबिसी बाट