March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कास्कीमा बुधबारदेखि निशेधाज्ञा, अत्यावस्क बाहेक घरबाहिर निस्कन नपाइने

कास्कीमा बुधबारदेखि निशेधाज्ञा, अत्यावस्क बाहेक घरबाहिर निस्कन नपाइने

कास्की – कास्कीमा एकसाताका लागि निशेधाज्ञा जारी गर्ने बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीको सोमबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले बुधबारदेखि लागू हुनेगरी एकसाताका लागि निशेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

Advertisement

जिल्ला प्रशासन कार्यालय बैशाख १५ गते बिहान ६ बजेदखि २१ गते रातिसम्म निशेधाज्ञा जारी गर्ने निर्णय गर्दै अत्यावस्यक काम बाहेक बाहिर हिँडडुल नगर्न सर्वसाधारणमा अनुरोध गरेको छ ।

छिमेकी मुलक भारतमा तिब्र रुपमा कोरोना संक्रमण बढ्दै गएको अवस्थामा त्यसले नेपालमा पनि असर पारेको र दैनिक मृत्यु हुने र संक्रमित हुनेको संख्या बढ्दै गएपछि त्यसको रोकथाम र नियन्त्रणका लागि विभिन्न जिल्लाले केही साताका लागि निशेधाज्ञा जारी गरेका छन् ।