April 23, 2024, Tuesday
२०८१ बैशाख ११, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पाथीभराको नाम स्थानीय भाषामा राख्न लिम्बुवान नागरिक समाज यूकेको माग

पाथीभराको नाम स्थानीय भाषामा राख्न लिम्बुवान नागरिक समाज यूकेको माग

४ मे, लन्डन(यूके) / नेपालको पूर्वी क्षेत्रको ताप्लेजुङमा अवस्थित पाथीभरा धामले हिन्दूकरण निम्त्याएको भन्दै लिम्बुवान नागरिक समाज यूकेले नाम सच्याएर स्थानीय भाषामा राख्न माग गरेको छ । आदिवासी याक्थुङ लिम्बु समुदायको साँस्कृतिक आस्थामाथि चोट पुग्ने भन्दै पाथीभरा नाम अस्वीकार गर्ने समाजले जनाएको छ ।


पछिल्लो समय केबुलकार राख्ने परियोजनाविरुद्ध चलिरहेको आन्दोलन चर्किएपछि ३७९४ मिटरको पाथीभरा डाँडा विवादमा तानिएको छ । यती कर्पोरेसन प्रालिले पाथीभरा क्षेत्रमा केबुलकार राख्ने परियोजनाको मुक्कुमलुङ सङ्घर्ष समितिले जोडदार विरोध गरिरहेको छ । यस्तै, युमा साम्योनिकट सेमुक्तुमुक्तु कोक्मा सङ्घर्ष समिति पनि आन्दोलनरत छ । दुवैले गत बैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलन्यास गर्ने भनिएको केबुलकार परियोजनाको विरोध गर्दै सेमुक्तु मुक्तुबुङगोक्मा र मुक्कुमलुङ भनी पवित्र स्थल घोषणा गरेका थिए । लिम्बुवान नागरिक समाजले दुवै आन्दोलनप्रति आफ्नो ऐक्यबद्धता जाहेर गरेको अध्यक्ष छत्र वनेमले बताए ।

Advertisement


अध्यक्ष वनेम र महासचिव लाहाङ चेम्जोङद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘हिन्दू राज्यसत्ता र समाजले लिम्बुवानको ताप्लेजुङमा अवस्थित याक्थुङ लिम्बुहरूको पवित्र मुन्धुमी स्थललाई जबरजस्त ढङ्गले पाथीभरा नामाकरण गरिनु पहिचान र अस्तित्वमाथिको आक्रमण हो । यो क्षेत्र याक्थुङ लिम्बुहरूको स्वामित्वमा हुनुपथ्र्यो र पर्छ । कानूनी र प्रशासनिक मान्यता दिँदै यो क्षेत्रलाई याक्थुङ लिम्बु मान्यताअनुसार पुनः नामाकरण गरिनुपर्छ ।’


पाथीभराको स्थानीय समुदायको मातृभाषामा पुनः नाम राख्न प्राज्ञिक र मुन्धुमी मर्मअनुसार पहल गरिनुपर्ने आफ्नो धारणा रहेको महासचिव चेम्जोङले बताए । उनले केबुलकार राख्ने नराख्ने विषयमा स्थानीय समुदायसँग संवाद गरेर स्वतन्त्र पूर्व सूचना मञ्जुरीनामा लिनुपर्ने पक्षमा समाज रहेको जोडे ।