May 10, 2026, Sunday
२०८३ बैशाख २८, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
काठमाडौंबाट जनकपुर जान प्रतियात्रु १५ हजार बस भाडा

काठमाडौंबाट जनकपुर जान प्रतियात्रु १५ हजार बस भाडा

काठमाडाै – काठमाडौँबाट धनुषाको जनकपुरसम्म जाँदा करिब छ गुणा बढी भाडा लिने सवारी साधनलाई जिल्ला ट्राफिक कार्यालय काभ्रेपलाञ्चोकले कारवाही गरेको छ।

काठमाडौँबाट बिहीबार जनकपुर गइरहेको काठमाडौँ पूर्वी–नाका साँगामा १५ जना यात्रु बोकेर आएको उक्त सवारीलाई जाँचका क्रममा बढी भाडा असुलेको भन्दै कारवाही गरिएको कार्यालयले जनाएको छ।

Advertisement

प्रतियात्रु रु १५ हजारको दरले भाडा लिएको जनाउँदै चालक सुरज भण्डारीसहित उक्त यातायत साधनलाई यातायात व्यवस्था विभागमा कारवाहीको सिफारिश गरिएको कार्यालय प्रमुख ट्राफिक इन्चार्ज प्रमिला श्रेष्ठले बताइन्।

‘चालक र सवारी साधन होल्ड गरी कारवाही सिफारिश गरेका छौँ’ उनले भनिन्।