April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बागमती प्रदेशमा मात्रै सक्रिय संक्रमितको संख्या ३६ हजार बढि

बागमती प्रदेशमा मात्रै सक्रिय संक्रमितको संख्या ३६ हजार बढि

बागमती – बागमती प्रदेशमा कोरोनाका संक्रिय संक्रमितको संख्या ३६ हजार नाघेको छ ।बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार बागमती प्रदेशका १३ जिल्लामा गरी कुल ३६ हजार २ सय २ जना सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितमध्ये ३२ हजार ५ सय ६३ जना होम आइसोलेसनमा बस्दै आएका छन् ।प्रदेशका विभिन्न अस्पतालले संचालन गरेको आइसीयुमा ५ सय १८ जना र भेन्टिलेटरमा १ सय ८५ जना उपचाररत रहेका छन् भने संस्थागत आइसोलेसनमा २ हजार ९ सय ३६ जना बस्दै आएको मन्त्रालयले जनाएको छ ।

Advertisement