April 15, 2026, Wednesday
२०८३ बैशाख २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
विनोद मोक्तानद्धारा कृयाशील सदस्यता छानविन समितिमा बस्न अस्वीकार

विनोद मोक्तानद्धारा कृयाशील सदस्यता छानविन समितिमा बस्न अस्वीकार

लण्डन । एनपीसीसी यूकेका पूर्व सभापति बिनोद राज मोक्तानले बेलायतमा हाल भइरहेको कृयाशील सदस्यता छानवीन समितिको संयोजकमा बस्न अस्वीकार गरेका छन् ।

गत आइतबार बसेको एनपीसीसी यूकेको बैठकले मोक्तानलाई कृयाशील सदस्यता बितरण प्रणालीमा शुुद्दिकरण गर्दै असली कांग्रेसीहरुलाई मात्र नेपाली कांग्रेसका सदस्यता दिलाउने कार्यको नेतृत्व सुम्पेको थियो ।

Advertisement

तर वर्तमान सभापति युवराज गुरुङ नेपालमा भएको हुनाले उनको अनुपस्थितिमा उक्त निर्णय भएको भन्दै पूर्व सभापति मोक्तानले तत्कालका लागि आफू उक्त समितिको नेतृत्व गर्न नसक्ने जानकारी गराए ।

मोक्तानको उक्त निर्णयबाट अब कृयाशील सदस्यता छानविनमा विलम्ब आउने भएको छ ।

कार्यसमितिको बैठक अर्को सप्ताहान्तमा फेरि बस्ने भएको छ ।

स्मरणीय छ, एनपीसीसी यूकेका सभापति युवराज गुरुङ केही समययता नेपालमा रहनुपर्ने भएको र यसैबीचमा उनको अस्वस्थताका कारण बेलायत फर्किन अरु केही समय लाग्ने भएको छ । यसै अवसरमा पूर्व सभापति मोक्तानले सभापति युवराज गुरुङ र उनको परिवारको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।