April 24, 2024, Wednesday
२०८१ बैशाख १२, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
श्रोताको मन जित्दै चो?लुङ पार्क

श्रोताको मन जित्दै चो?लुङ पार्क

विजयपुर, १२ मे / कोरोना महामारीको दोस्रो लहर सुरु भई लकडाउन हुनु केही समयअघि गायिका सुनिता सङ्यक लिम्बुले आफ्नो सामाजिक सञ्जालमा आउन लागेको नयाँ गीतबारे केही उल्लेख गरिन् । उनको पोष्ट सार्वजनिक हुनेबित्तिकै धैरेले गीतको प्रिमियर हुने खबरले उृत्साहित भए ।

पछिल्लो समय पूर्वी प्रदेशकै नमुना पर्यटकीय स्थल बनिरहेको तेह«थुम लालीगुराँस नगरपालिकाको वसन्तपुरस्थित चो?लुङ पार्ककै शीर्षकमा सम्भवतः पहिलो गीत निर्माण हुँदै थियो । करिब दुई दशकदेखि निरन्तर रूपमा गीत लेखनमा लागेका छथर वसन्तपुरकै पेशल माबुहाङ उर्फ दिल दुःखी जन्तरेले आफ्ना मित्र एवम् सर्जक सञ्जय तुम्बाम्फेको लयलाई सुनेर गीत रच्न थाले । ‘सुरुमा वसन्तपुरको चो?लुङ पार्क बनेको थिएन । गाउँठाउँ चिनाउने हिसाबले म्याङलुङ बजार भनेर लेखियो,’ पृष्ठभूमि खोतल्दै गीतकार माबुहाङले सुनाए, ‘पछिल्लो समय एकाएक चो?लुङ पार्क एकाएक चर्चामा आयो । र, गीतकै शीर्षक परिवर्तन हुने गरी गीतको पुनर्लेखन गरियो ।’

Advertisement

‘चौबिसे वारि छथर
पुग्दैन मनको रहर
नुबुवा खोलाको पानी चोखो छ
हात समाइ सोमिप्माज्यू
चो?लुङ पार्क घुम्ने धोको छ’


संयोग पनि कस्तो भने गायिका चौबिसे धनकुटा परेकी छिन् । गायक भने छथरका पेपराज माबुहाङ छन् । दुवै गत वर्ष आयोजना गरिएको विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगितामा क्रमशः तेस्रो विजेता र पाःलाम चो?लुङ(सान्त्वना) अवार्ड विजेता हुन् । सुनिता सवा एक सय बढी गीतहरू रेकर्ड गराएकी पूर्वकी एक स्थापित गायिक हुन् । पेपराजले पनि प्रतियोगितामा भाग लिनुअघि र पछि केही गीतहरू रेकर्ड गराएका छन् । दुवैलाई साङ्गीतिक क्षेत्रले आशलाग्दा कलाकारका रूपमा हेरेका छन् ।


पूर्वी क्षेत्रमा पाइने लोक लयलाई आत्मसात गरेर तयार पारेको चो?लुङ पार्क याक्थुङ लिम्बु समुदायको लोकप्रिय लोक साङ्गीतिक विधा ख्यालीमा आधारित गीत हो । जुन सवाल जवाफमा केन्द्रित हुन्छ ।


‘सकिन्न कहिल्यै तारा गन्नु
यस्तै नै रैछ माया भन्नु
तीनतले घरको आँखीझयाल
यस्तै त हो नि मायाजाल’

गीतमा लिम्बुवान क्षेत्रका १७ थुम(इलाका) का साँस्कृतिक र मुन्धुमी स्थलहरूको वर्णन गरिएका छन् । प्रायः लोक गायक खगेन्द्र यक्सो मन छुने लय भाकामा स्थलहरूको वयान गर्न खप्पिस मानिन्छन् । चो?लुङ आफैँमा याक्थुङ लिम्बु समुदायमा सर्वोच्च विन्दू या सिद्धिस्थल मानिन्छ । गीतमा उल्लेख चो?लुङ पार्कका परिकल्पनाकार भने लालीगुराँस नगरपालिकाका मेयर एवम् मुन्धुमविद् अर्जुनबाबु माबुहाङ हुन् ।


सवा सात मिनेट गाना सुन्दा नुबुवा खोला, खदम खोला, पिलुवा खोला, हेवा खोला, मिक्वा खोला, माइ खोलाले धनकुटा, तेह«थुमको फेदाप, छथर, पान्थर र ताप्लेजुङकहाँ पु¥याउँछ । साम्लोलुङधुङ, मेन्छ्यायेम डाँडा, मुक्कुमलुङ, कुम्मायक कुस्सायकले पनि उसैगरी सोमिप्पा–सोमिप्मा(सोल्टा सोल्टी)को मन यत्रतत्र डुलाउँछ ।

गीतलाई रुचाएर टिकटक भिडियो बनाउनेको संख्या पनि बढिरहेको गीतकार पेशल माबुहाङले जनाउँछन् । किङ्स स्टुडियो काठमाडौँमा रेकर्ड गरिएको गीतको एरेन्ज टेकेन्द्र यक्सोले गरेका छन् । त्यस्तै, मिक्सिङको काममा राजु कार्कीले हात दिएका छन् ।