April 20, 2026, Monday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बेलायतमा नेपाली साहित्यको प्रबद्र्धन गर्न तयार छौँ – नेपाली दूतावास

बेलायतमा नेपाली साहित्यको प्रबद्र्धन गर्न तयार छौँ – नेपाली दूतावास

लन्डन, १२ मे / प्रवासमा रहेका नेपालीहरूको पहिचान र सँस्कृति बचाउन साहित्यले ठूलो भूमिका खेल्ने बताउँदै नेपाली साहित्य प्रबद्र्धन गर्न लन्डनस्थित नेपाली दूतावास सहकार्य गर्ने बताएको छ । साहित्यले देशवासीलाई जोड्ने भन्दै दूतावासले भविष्यमा नेपाली साहित्यका लागि ठोस कार्यक्रमहरू ल्याउन सरोकारवाला पक्षसँग मिलेर अघि बढ्ने उल्लेख गरेको छ ।


नवनियुक्त राजदूतको स्वागतका लागि नेपाल साहित्य विकास परिषद यूकेले आयोजना गरेको कार्यक्रममा बोल्दै बेलायत लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले साहित्यले अग्रगमनतिर लैजानुपर्नेमा जोड दिए । उनले भने, ‘समाजलाई अग्रगमनको दिशामा लैजान साहित्य चाहिन्छ । सामाजिक विम्ब बोक्ने हुनाले साहित्यकारहरू जिम्मेवार ढङ्गले अघि बढ्नुपर्छ ।’ राजदूत रेग्मीले यसअघिका महामहिमले बेलायती नेपाली साहित्यका लागि अथक प्रयास गरेकोतर्फ सङ्केत गर्दै यूकेमा क्रियाशील साहित्यिक सङ्गठनहरूसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आवश्यक कृतिहरूको प्रकाशन गर्न, सक्रिय र पुराना साहित्यकारहरूको कदर गर्न पछि नहट्ने समेत बताए ।

Advertisement


यसअघि, मानार्थ संरक्षकका हैसियतमा नेपाल साहित्य विकास परिषद यूकेका अध्यक्ष कोमल मल्लले राजदूत रेग्मीलाई सम्मानपत्र समेत हस्तान्तरण गरेका थिए । भर्चुअल जुमबाट भएको कार्यक्रम नयाँ वर्षको शभकामना आदान प्रदान गर्न आयोजना गरिएको भन्दै अध्यक्ष मल्लले साहित्य विकासका लागि भविष्यमा दूतावासमा प्रस्तावहरू लैजाने बताए । रोयल बोरो अफ ग्रिनविच सोसाइटीका अध्यक्ष
जित रानाभाटले सञ्चालन गरेको कार्यक्रममा तीन दर्जन बढी सर्जकहरूले रचना सुनाएका थिए । सिर्जना पस्कनेहरूमा वासुदेव सापकोटा, हिन्द वैद्य, वासु शर्मा, कल्पना त्रिपाठी, कोमल भट्ट, गणेश प्रधान, विकास कार्की, सञ्जीव गुरूङ, रमा शर्मा, मोहन कुमार सिं, सन्तोषी, देवेन्द्र खेरेस, थिर थापा, हरि थापा, मोहन जल्लाद, हिरशरण लामिछाने, कृष्णप्रसाद अर्याल, अहिल्या कुँवर, मनोज अञ्जान, सुरेशजङ्ग शाह, डेविड गुरूङ, डम्बर प्रयास, राजेशजंग शाह, ललिता दोषी लगायतले कविता, गीत, गजल, हाइकू सुनाएका थिए ।