April 16, 2024, Tuesday
२०८१ बैशाख ५, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
ब्रह्माण्डको एकीकृत सिद्धान्तको असफलताका कारणहरु  र सत्य

ब्रह्माण्डको एकीकृत सिद्धान्तको असफलताका कारणहरु र सत्य

महान बैज्ञानिक अल्वर्ट आईन्सटाईनले ब्रह्माण्डको ब्याख्या गर्ने सर्बमान्य र प्रमाणित एकीकृत सिद्धान्तको निर्माण गर्न चाहनु हुन्थ्यो । यद्यपि त्यसमा उहाँ असफल हुनु भयो । यो असफल हुने विषय नै हो । र जहाँ सम्म लाग्छ हामिले कहिले पनि ब्रह्माण्डको सन्दर्भमा सर्बमान्य र प्रमाणित एकीकृत सिद्धान्तको निर्माण गर्न सक्दैनौं । किनकि त्यसरी ब्रह्माण्डको सन्दर्भमा एकीकृत सिद्धान्त निर्माण हुन नसक्नुको पहिलो कारण भनेको ब्रह्माण्डको सृष्टिको हामी प्रत्यक्षदर्शी होईनौ । र हामि ब्रह्माण्डको सृष्टिको प्रत्यक्षदर्शी नभए पश्चात ब्रह्माण्डको सृष्टिको सन्दर्भमा एकीकृत सिद्धान्तको ठाउँमा बिबिध सिद्धान्तहरु लाई आत्मासाथ गर्न बाध्य छौ । ति बिबिध सिद्धान्तहरु आ- आफ्नो स्थानमा प्रभावशालि छन । र उतिकै काल्पनिक पनि छन । किनकि ब्रह्माण्डको सृष्टिको सन्दर्भमा प्रस्तुत गरिएका ति बिचारहरु लाई कहिले पनि हामिले बैज्ञानिक रूपमा पुस्टि गर्न सक्दैनौ । त्यसकारण ब्रह्माण्डको सृष्टिको सन्दर्भमा एकीकृत सिद्धान्तको निर्माण गर्न सकिन्दैन । र एकीकृत सिद्धान्तको निर्माण गर्दा पनि कुन आधारमा गर्ने ?

दोस्रो कारण भनेको ब्रह्माण्डको बिकासको सन्दर्भमा सर्बमान्य सिद्धान्त निर्माण गर्न सकिन्दैन । किनकि हामि भन्दा पहिले ब्रह्माण्ड अस्तित्वमा आएको हो । हामि अस्तित्वमा आउँनु भन्दा पहिले ब्रह्माण्डको बिकास भएको हो । त्यसैले ब्रह्माण्डको बिकास बिस्तार भएर भएको हो कि , ब्रह्माण्डको बिकास बिस्तार नभईकन भएको हो कि वा ब्रह्माण्ड अनादिकाल देखि नै अहिले जस्तो छ त्यस्तै रूपमा थियोे कि भन्ने कुराको बैज्ञानिक रूपमा प्रमाणित गर्न सकिन्दैन । त्यसकारण ब्रह्माण्डको बिकासको सन्दर्भमा एकीकृत सिद्धान्तको निर्माण गर्न सकिन्दैन । र एकीकृत सिद्धान्तको निर्माण गर्दा पनि कुन आधारमा गर्ने ? तेस्रो कारण भनेको ब्रह्माण्डको भबिस्यको सन्दर्भमा सर्बमान्य सिद्धान्त निर्माण गर्न सकिन्दैन । किनकि हामि संग ब्रह्माण्डको भबिस्य तर्फ जाने प्रबिधिहरु छैनन । र ब्रह्माण्डको भबिस्य तर्फ जाने प्रबिधिहरु हामी संग नभए पश्चात भबिस्यमा ब्रह्माण्डको अस्तित्व निश्चतकाल सम्मको लागि मात्रै हो कि वा ब्रह्माण्डको अस्तित्व सदाकाल सम्मको लागि हो भन्ने कुराको सुनिश्चितता गर्न सकिन्दैन । ब्रह्माण्डको भबिस्य तर्फ जाने प्रबिधिहरु हामी संग नभए पश्चात भबिस्यमा ग्रहहरु , ताराहरु लगायतका आकशिय पिन्डहरु अहिले जुन स्थान र गतिमा छन त्यहीँ स्थान र गतिमा रहिरहन्छन कि वा तिनिहरुले आफ्नो स्थान , दिशा र गतिमा परिवर्तन गर्छन भन्ने कुराको हामिले बैज्ञानिक रूपमा प्रमाणित गर्न सक्दैनौं । त्यसकारण ब्रह्माण्डको भबिस्य यस्तै हुन्छ भन्ने सन्दर्भमा एकीकृत सिद्धान्तको निर्माण गर्न सकिन्दैन । र एकीकृत सिद्धान्तको निर्माण गर्दा पनि कुन आधारमा गर्ने ? र चौथो कारण भनेको अबलोकनयोग्य ब्रह्माण्ड देखि पर के छ भन्ने सन्दर्भमा हामि अनभिज्ञ छौ । र अहिले हामिले अबलोकनयोग्य ब्रह्माण्डको आधारमा जुन सिद्धान्तहरुको निर्माण गरिरहेका छौ वा गर्न खोजिरहेका छौ ति सिद्धान्तहरु हाम्रो अबलोकनयोग्य ब्रह्माण्ड भन्दा परको ब्रह्माण्ड संग मेल नखान पनि सक्छ वा मेल खान पनि सक्छ । त्यसकारण जबसम्म हाम्रो अबलोकनयोग्य ब्रह्माण्ड भन्दा पर के छ र कस्तो प्रकारका नियमहरु विद्यमान छन भन्ने कुराको पुस्टि हुन सक्दैन तबसम्म हामिले ब्रह्माण्डको सन्दर्भमा एकीकृत सिद्धान्तको निर्माण गर्न सक्दैनौं । र एकीकृत सिद्धान्तको निर्माण गर्दा पनि कुन आधारमा गर्ने ?

Advertisement

मूलतः बैज्ञानिक सत्य यो हो कि जबसम्म ब्रह्माण्डको सृष्टि , बिकास र भबिस्य यहीं बिचारले मात्रै प्रतिनिधित्व गर्छ भनेर त्यसको बैज्ञानिक रूपमा प्रमाणित गर्न सकिन्दैन तबसम्म ब्रह्माण्डको सन्दर्भमा एकीकृत सिद्धान्तको निर्माण गर्न सकिन्दैन । त्यसैले ब्रह्माण्ड बोल्नुपर्छ । तर मान्छेहरू तर्क गर्छन कि ब्रह्माण्ड त निर्जीव हो । त्यसैले ब्रह्माण्डले आफ्नो सृष्टि , बिकास र भबिस्यको सन्दर्भमा मानवजातिहरुले कसरी बोल्न सक्छ ? तर ब्रह्माण्ड आफ्नो सृष्टि , बिकास र भबिस्यको बोधकर्ता तथा प्रत्यक्षदर्शी हो । तर हामि मानवजातिहरु होईनौ । त्यसकारण ब्रह्माण्डले आफ्नो सृष्टि , बिकास र भबिस्यको सन्दर्भमा बोलेन भने कसले चाहि बोल्छ त ? निश्चितरूपमा ब्रह्माण्ड बोल्नुपर्छ ।

(एभलेट फुङ आध्यात्कि विचार र भौतिकवादी दर्शनमा रुचि राख्ने लेखक हुन् । उनको ‘ब्रम्हण्ड बोल्नुपर्छ’ भन्ने पुस्तक प्रकाशोन्मुख छ । सम्पादक)