May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
वातावरण साहित्य गोष्ठीमा इको मुक्त्तक वाचन गरिने

वातावरण साहित्य गोष्ठीमा इको मुक्त्तक वाचन गरिने

लण्डन / इको मुक्त्तकहरु वाचन गरेर छैटौँवातावरण साहित्य गोष्ठी आयोजना गरिने भएको छ । इको साहित्यको बढ्दो व्यापकतालाई मध्यनजर राख्दै यस बर्षको वातावरण साहित्य गोष्ठी दुई दिवसीय हुनेछ । यसलाई ५ र ६ जुन २०२१ का दिन भर्चुअल माध्यमद्वारा सम्पन्न गरिने विश्व नेपाली साहित्य महासंघ साउथ यूकेको हालै बसेको बैठकले निर्णय गरेको हो ।


गोष्ठीमा वरिष्ठ साहित्यकारद्वय प्रा. डा. खगेन्द्र प्रसाद लुइँटेल र प्रा. डा. गोविन्दराज भट्टराईको विशेष आतिथ्यता रहने विनेसाम साउथ यूकेका अध्यक्ष विजय हितानले बताएका छन् । पहिलो दिन ५ जुनको कार्यक्रममा इको-मुक्तक वाचनका साथै इको-कविताको संग्रह ‘स्वच्छन्द सुसेलीहरु २’ विमोचन गरिने छ । त्यस्तै, र दोस्रो दिनको कार्यक्रममा देवेन सापकोटाद्वारा लिखित ‘परिश्रान्त पृथ्वी’ इको कविता संग्रह विमोचन गरिने जानकारि विनेसाम साउथ यूकेका सचिव अमित थेवेले दिए ।

Advertisement


‘स्वच्छन्द सुसेलीहरु २’ गत वर्षको पाँचौ वातावरण साहित्य गोष्ठीमा वाचित इको-कविताहरु को संगालो हो । यसमा नेपाल लगायत विश्वका नौ राष्ट्रका प्रवासी नेपालीहरुका कविता परेका छन् । यसलाई विजय हितानले सम्पादन गरेका हुन् ।


गत वर्षका उत्कृष्ट दुई इको-कविताका स्रष्टा गणेश राई र धर्मेन्द्र उपाध्यायलाई पनि यस पटक पुरस्कृत गरिने छ । पहिलो दिन, नेपाल र बेलायतका स्रष्टालाई र दोस्रो दिन भारत र विश्वका अन्य मुलुकका स्रष्टालाई प्राथमिकता दिएर कार्यक्रम संचालन गरिने यस कार्यक्रमको प्रमुख संयोजक संस्था विनेसाम साउथ यूकेले बताएको छ । विगतमा जस्तै यस वर्ष पनि बेलायतमा अवस्थित सम्पूर्ण नेपाली साहित्यिक संस्थाहरुसँग सहकार्य र सहभागिता रहने छ ।