May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
महतो संसदीय दलको नेता होइन – जसपा

महतो संसदीय दलको नेता होइन – जसपा

काठमाडौँ / एमाले नेता केपी ओली नेतृत्वमा पुनः सरकार गठन हुनुअघि देखा परेको जनता समाजवादी पार्टी विवाद संसदीय दलको नेतासम्म पुगेको छ । अनाधिकृत भन्दै जसपाले राजेन्द्र महतो संसदीय नेता नभएको बताएको छ ।


जेठ १ गते प्रेस विज्ञप्ति जारी गर्दै जसपा केन्द्रीय कार्यालयले पार्टी संसदीय दल हालसम्म समायोजन नभएको भन्दै बैशाख ३१ गते विभिन्न सञ्चारमाध्यममा आएको समाचारमा कुनै सत्यता नभएको उल्लेख गरेको छ । ‘पार्टी संसदीय दल हालसम्म समायोजन भएको छैन । जसपा, नेपालको अन्तरिम विधान २०७७ को धारा २८ को उपधारा(३) बमोजिम केन्द्रीय समितिबाट संसदीय दलको विधान अनुमोदन हुनुपर्छ,’ केन्द्रीय नेता प्रकाश अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement


बाबुराम भट्टराई–उपेन्द्र यादव समूह नै संस्थापन र आधिकारिक नेतृत्व रहँदै आएको जसपाले यसअघि पनि जनाउँदै आएको थियो । ओली नेतृत्वको सरकार गठनमा महन्थ–महतो समूहका १६ सांसद तटस्थ बसेका थिए । त्यस्तै, भट्टराई–यादव पक्षका १६ सांसद सरकारको विपक्षमा उभिएका थिए । पार्टी विवाद समाधान गर्न जसपाले हालसम्म केन्द्रीय बैठक भने डाकिसकेको छैन ।