April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
जनसम्पर्क समिति युएईले पठायो ब्लड क्यान्सरले पीडित लक्ष्मीलाई आर्थिक सहयोग

जनसम्पर्क समिति युएईले पठायो ब्लड क्यान्सरले पीडित लक्ष्मीलाई आर्थिक सहयोग

युएई – नेपाली जनसम्पर्क समिति युएईले ब्लड क्यान्सरले पीडित चितवनकी लक्ष्मी पार्वतलाई ६० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

समितिका प्रमुख सल्लाहकार मनोज कुमार श्रेष्ठले बिरामीको परिवारलाइ भेटेर ६० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन् ।

Advertisement

दुई छोराछोरीकी आमा लक्ष्मी पर्बातको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै लक्ष्मीको उपचारका लागि सहयोग गरिदिन पनि जनसम्पर्क समिति युएईका प्रवक्ता मणि प्रसाद भुर्तेलले सबैमा अनुरोध गरेका छन् ।

प्रदेशको रोजगारीमा रहेका लक्ष्मीका श्रीमान यतिबेला रोजगारी छोडर श्रीमतीको उपचारमा खटिएका छन् । उनले विश्वभरी छरिएर रहेका सहयोगी मनहरुलाई लक्ष्मीको उपचार तथा जीवन बचाउनका लागि आर्थिक सहयोग गरिदिन अनुरोध गर्दै जनसम्पर्क समिति युएईप्रति आभार व्यक्त गरेका छन् ।

लक्ष्मीको उपचारमा संलग्न चिकित्सकका अनुसार करिब ४०/५० लाख खर्च गर्दा विरामी निको हुने सम्भावना रहेकोले खर्चको जोहो गर्न लागेको पनि उनले बताएका छन् ।

२०१० मा स्थापित नेपाली जनसम्पर्क समिति युएईले मानबिय कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । नेपाली काँग्रेस भात्री सस्था भए पनि सस्थाले बिसुद्ध सामाजिक कार्यमा निरन्तर समाहित हुँदै आएको छ ।

आर्थिक सहयोगका लागि

Nepal Investment bank

Ac Name – Nanu Giri

AC No – 04605050255929 Patihani , Chitwan Branch

Mobile – 9825265545

No photo description available.